सामान्यतया फ्याट (बोसो/चिल्लो) लाई स्वास्थ्यका लागि राम्रो मानिँदैन। तर सबै फ्याट हानिकारक हुँदैन। कतिपय फ्याटले हाम्रो शरीरलाई फाइदा पुर्याउँछ जसलाई गुड फ्याट भनिन्छ।
गुड फ्याटमा अनस्याचुरेटेड फ्याट बढी हुन्छ। यसमा पाइने मोनो र पोली अनस्याचुरेटेड फ्याट (omega6, omega 3) ले हामीलाई विभिन्न रोगहरुबाट बचाउँछ। यसले मुटुलाई स्वस्थ राख्न पनि मद्दत गर्छ।
केकेमा पाइन्छ गुड फ्याट ?
- ड्राइ फ्रुट्स
- बियाँहरु
- दाल/गेडागुडी
- माछा (तेलमा फ्राइ नगरेको)
- वनस्पति तेल (पाम आयल र कोकोनट आयल बाहेक)