काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वणिर्म वाग्लेले कर्जा असुली न्यायधिकरण गठन गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार प्रकाशित समाचारबारे प्रष्टिकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहकारी एन फितलो भएकाले न्यायधिकरण गठन गर्नुपर्ने बताएका हुन्।
उनले भने, 'सहकारीको नयाँ ऐन आउनु पर्छ। सहकारी विभाग कमजोर भयो।'
सहकारीसम्बन्धि २०६१ सालमा युवराज खतिवडाले ल्याएको प्रतिवेदन कडा भएपनि त्यसमा राजनीतिकरण गरिएको उनको आरोप छ। एक दुई बदमास सहकारीले राम्रो सहकारीको समेत बदनाम गरेको उनको भनाई छ । सहकारीका समस्या समाधान आफूहरू उन्मुख रहेको र यो एजेन्डा नछोड्ने उनको अडान छ।
डा. वाग्लेले सहकारीको समस्याले विकराल रुप लिएको बताएका छन्। यसैबीच आफूहरूले सहकारीको अध्ययन गरिरहेको पनि बताए। उनले भने, 'सहकारीको अध्ययन गरिरहेका छौं, सहकारी समस्या विकराल छ।' असोज ३ गते आएको सहकारी ऐनमा एकै प्रकृतिका नियम रहेकाले त्यसको असर अहिलेसम्म पनि परिरहेको उनले औँल्याए।