मंगलबार, पुस १, २०८२

खैरहनीका विपन्न बस्तीमा गृहकार्य कक्षा

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

चितवन- खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुवात गरेको छ। विपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो।

National life

नगर प्रमुख शशिकुमार खनियाँले गृहकार्य कक्षा सञ्चालनबाट घरमा अध्ययन गर्ने वातावरण मिलाउन कठिन विपन्न बस्तीका बालबालिकालाई बिहान बेलुका शिक्षकको सहयोगमा गृहकार्य गर्ने र नयाँ कुरा सिक्ने अवसर प्रदान गरिएको बताए।

नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा सञ्चालन हुने गृहकार्य कक्षामा विपन्न परिवारका सात सय ८४ बालबालिका सहभागी हुने नगरप्रमुख खनियाँले बताए। ती स्थलमा समयको व्यवस्थापन गरेर बस्तीमा नै शिक्षक पुगेर नियमित गृहकार्य कक्षा सञ्चालन गर्नेछन्।

कक्षा सञ्चालनका लागि पढाउने ठाउँ नगरपालिकाले नै व्यवस्थापन गर्नेछ। गृहकार्य कक्षा सञ्चालन गर्ने शिक्षकले बालबालिकालाई विद्यालयबाट प्रदान गरिएको गृहकार्य गर्न र बालबालिकालाई अप्ठ्यारो लाग्ने विषय सिकाउन सहयोग गर्ने व्यवस्था गरिएको नगर उपप्रमुख कविता उप्रेतीले बताए। 

उनले गृहकार्य कक्षामा सहभागी हुने बालबालिकालाई नगरपालिकाबाहेक अन्य क्षेत्रसँगको समन्वय गरेर शैक्षिक सामग्री वितरण गर्ने योजना रहेको बताए। नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालन गरेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 22, 2024| 22:15 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्