शनिबार, साउन ९, २०८३

मन्दिरको जग्गा बेचेको आरोपमा महन्त पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त वैकुण्ठ दास पक्राउ परेका छन् ।

किर्ते जालजासी गरी मठमन्दिरको जग्गा बेचविखन गरेको आरोपमा  महन्त दासलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो । जिल्ला अदालत धनुषाले उनलाई पक्राउ गर्न आदेश जारी गरेपछि उनी फरार भएका थिए ।

जनकपुरधाम–८ स्थित हजारी जनक विद्यापीठको नाउँमा रहेको जग्गा महन्त दास र उनका सहयोगी अशोक शर्माले मिलोमतो गरी किर्ते गरेको आरोप छ । दासका सहयोगी शर्मालाई प्रहरीले यसअघि नै पक्राउ गरी सकेको छ । साढे दुई अर्बभन्दा बढी मूल्य बराबरको विद्यापीठले भोगचलन गर्दै आइरहेको गुठीको उक्त जग्गाको संरक्षक दास र मोही शर्मालाई बनाइएको छ । 

हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको साढे दुइ बिघा जग्गा महन्त दासले नक्कली लालपुर्जा बनाइ हडपेको भन्दै प्राचार्य विजय चौधरीले अदालतमा मुद्दा दायर गरेका थिए । केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई उपलब्ध गराएको उक्त जग्गामा क्याम्पस व्यवस्थापनले घेराबेरा गरी भौतिक संरचनासमेत निर्माण गरिसकेको छ ।

२०५० सालदेखि विद्यापीठले भोगचलन गर्दै आइरहेको सिट नम्बर १३५४÷१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर तथा सिट नम्बर १३५४र१५ को कित्ता नम्बर १, २, २८ र ४९ को २ बिघा ८ कठ्ठा १४ धुर जग्गा फर्जीलालपुर्जा बनाइ महन्त दासका सहयोगी शर्माले बेच्न खोजेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।