बिहीबार, माघ २२, २०८२

मेस्सीले जिते 'फिफा द बेस्ट' अवार्ड

 |  मंगलबार, माघ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

अर्जेन्टिना कप्तान तथा इन्टर मियामी फरवार्ड लियोनल मेस्सीले फिफा द बेस्ट २०२३ अवार्ड जितेका छन्। मेस्सीले तेस्रो पटक वेष्ट फिफा अवार्ड पाएका हुन्। महिलातर्फको वेष्ट अवार्ड भने स्पेनी आइताना बोनमातीको पोल्टामा परेको छ।

National life

बोनमर्टीले स्पेनलाई महिला विश्वकप उपाधि र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्। गएराति लन्डनमा आयोपजत समारोहमा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी) मा फरवार्ड केलियन एमबाप्पेलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन्।

गत सिजन ट्रेबल उपाधि जितेको सिटीका उत्कृष्ट गोलरक्षकको अवार्ड भने सिटीका इडरसनले पाए। उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि सिटी कै पेप ग्वार्डिओलाको हातमा पुग्यो। सिटीले सन् २०२२–२३ को सिजन प्रिमियर कप, च्याम्पियन्स लिग र एफ ए कपको उपाधि जितेको थियो।

फिफा वेष्ट अवार्ड विजेताको घोषणा राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र प्रशंसकबाट प्राप्त भोटको आधारमा गरिन्छ।

फिफा वेष्ट अवार्डका विजेताहरू
सर्वोत्कृष्ट महिला खेलाडीः आइताना बोनमाती
सर्वोतकृष्ट पुरुष खेलाडीः लियोनल मेस्सी
सर्वोत्कृष्ट महिला गोलकिपरः मेरी इप्र्स
फिफा पुरुष गोलकिपरः एडरसन
सर्वोत्कृष्ट महिला प्रशिक्षकः सरिना विगम्यान
उत्कृष्ट पुरुष प्रशिक्षकः पेप गार्डियोला
पुस्कास अवार्डः गुइल्हेर्मे मडरुगा
स्पेशल अवार्डः मार्टा
फेयर प्ले अवार्डः ब्राजिलको पुरुष राष्ट्रिय टोली
फ्यान अवार्डः ह्युगो डेनियल ‘टोटो’ इनिगेज

Laxmi sunrise bank

प्रकाशित: Jan 16, 2024| 13:28 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्