शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसिया प्यासिफिक समिटले नेकपामा भाडभैलो, प्रभावित पार्न अफरै अफर

एसिया प्यासिफिक समिटले नेकपामा भाडभैलो, प्रभावित पार्न अफरै अफर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
 
कसैले विवादास्पद क्रिस्चियन संस्थाले गरेको कार्यक्रमले उत्पन्न गरेको तरङ्गलाई मुख्य समाचार बनाएका छन् भने कसैले निर्मलाका निम्ति न्याय माग्दा अपांग बनेकाहरुको विषयलाई प्राथमिकतामा पारेका छन् ।  

आजको कान्तिपुर दैनिकले एसिया प्यासिफिक समिट विवादः सरकार प्रभावित पार्न वर्षैं प्रयास शीर्षकमा मुख्य समाचार छापेको छ । युनिभर्सल पिस फेडेरेसनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका शीर्ष नेताहरुलाई विदेश घुमाउनुका साथै पुरस्कारका नाममा पैसा दिएर प्रभावित पार्दै समाचारमा खुलासा गरिएको छ ।

यसै विषयलाई लिएर सत्तारुढ दल नेकपामा चर्को विवाद भएको छ । प्रधानमन्त्री नै विवादास्पद संस्थाको संरक्षक बनेको भन्दै नेकपाका नेताहरुले बैठक बोलाउन माग गरेको पनि कान्तिपुरले लेखेको छ।  

विवादास्पद ‘एसिया प्यासिफिक समिट’ मा प्रधानमन्त्री केपी ओलीको संलग्नताले पार्टीकै छवि धूमिल भएको निष्कर्ष निकाल्दै नेकपाको स्थायी समिति र सचिवालय नेताहरूले यसबारे समीक्षा गर्न विशेष बैठक माग गरेका हुन् । 

छलफलै नगरी सरकार र प्रधानमन्त्री एकलौटी ढंगले अघि बढ्दा विवादमा परेको उल्लेख गर्दै उनीहरूले पार्टीभित्र यो विषयमा विशेष समीक्षा हुनुपर्ने अडान लिएका हुन् । सम्मेलन गलत भएकाले आत्मआलोचना गरेर भए पनि पार्टी र सरकारमाथि लागेको दाग हटाउनुपर्ने उनीहरूकोधारणा रहेकाे समाचारमा उल्लेख छ ।

यस्तै कान्तिपुरले दिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रमबाट ८ नेपाली महिला हराएको विषयलाई पनि विशेष महत्वका साथ छापेको छ । शनिबारदेखि बेपत्ता भएका उनीहरुलाई एक वर्षअघि जीबी मार्केटबाट उद्धार गरिएको थियो । 

आजको नयाँ पत्रिकाले भने निर्मलालाई न्याय माग्दा यो ज्यादती शीर्षकमा मुख्य समाचार छापेको छ । निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरलगायत देशभर भएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउदा एक किशोरले ज्यान नै गुमाएका थिए भने ६ जना अपांग भएका छन् ।

कसैको खुट्टा गुमेको छ भने कसैलाई छर्रा लागेको छ । उनीहरु अहिले पनि उपचाररत छन् । तर, उनीहरुको पुरै उपचार खर्च सरकारले नबेहोरेको समाचारमा उल्लेख छ ।  

यस्तै नयाँ पत्रिकाले निर्मलामाथि सामुहिक बलात्कारको आंशका शीर्षकमा एङ्कर न्यूज छापेको छ । यहि आंशकाका आधारमा प्रहरीले काठमाडौंबाट एक र महेन्द्रनगरबाट तीन जनालाई पक्राउ गरेको छ ।

नागरिक दैनिकले भने निर्मला प्रकरणलाई लाई विशेष महत्व दिदै हत्यारा खोज्न फेरि अर्को टोली शीर्षकमा खबर लेखेको छ । गृहमन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको समाचारमा उल्लेख छ । 

आजको नागरिक दैनिकले प्रदेशबाट आयोजना तान्दै केन्द्र सरकार शीर्षकमा मुख्य समाचार छापेको छ । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बजेटसहित प्रदेशलाई हन्तान्तरण गरेको चारवटा आयोजना फेरि संघमा तानेको छ ।

आयोजना आफू मातहत सञ्चालन गर्दा मन्त्रालयका उच्च अधिकारीले आयोजनाको गाडी प्रयोग गर्न पाउँछन् । आयोजनाकै नामबाट पटक पटक विदेश भ्रमणमा जाने र कमिसन खाने गर्न पाउने भएपछि मन्त्रालयले यी आयोजना आफू मातहात तानेको नागरिक दैनिकले लेखेको छ । 

आजको अन्नपूर्णले भने विवादित राजदूत शेर्पामाथि छानबिन शीर्षकमा मुख्य समाचार छापेको छ भने प्रधानन्यायाधीश बन्न तिब्र रुपमा लविङ भइरहेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।