बुधबार, पुस २, २०८२

कर्णालीमा चेलीलाई कोसेली दिएर मनाइयो माघे संक्रान्ति

 |  सोमबार, माघ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १, २०८०

मान्म- विभिन्न जातजाति र समुदायमा फरक–फरक तरिकाले मनाइने माघे सङ्क्रान्ति कालीकोटमा भने छोरीलाई कोसेली दिएर मनाइन्छ। कर्णालीमा चेलीलाई हरियो पोकामा कोसेली दिएर माघी पर्व मनाइने गरिन्छ।

National life

विभिन्न परिकारसहितको कोसेली हरियो पातमा छोरीचेलीलाई दिने चलन परापूर्वकालदेखि चलिआएको छ। धार्मिक मान्यताअनुसार यो माघ महिनालाई पवित्र महिनाका रुपमा लिने गरिएको नरहरिनाथ उत्थान केन्द्रका सल्लाहकार किशोरकुमार रावलले बताए। ‘कर्णालीमा अन्य ठाउँको भन्दा भिन्न तरिकाले माघी मनाउने चलन छ,’ उनले भने, ‘वैदिक मान्यताअनुसार कर्णाली तथा सुदूरपश्चिममा माघ महिनालाई पवित्र महिनाका रुपमा लिएर चेलीलाई कोसेली दिने चलन रहेको छ।’

धार्मिक मान्यताअनुसार माघ महिनामा कपाल काट्न, खौरिन नहुने, बलि दिन नहुने र यस अवसरमा कागको पूजा गर्ने चलन रहेको पञ्चदेवल मावि खाँडाचक्र नगरपालिका–२ मान्मका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए।

‘टाढाटाढा रहेका दिदीबहिनीलाई हरियो पातमा कोसेली पुर्‍याउने चलन छ,’ उनले भने, ‘कर्णालीमा माघ पवित्र महिना भएका कारणले मारकाट पनि गरिँदैन।’ टाढाटाढा रहेका छोरीलाई माइती पक्षले माघ महिनाभर नै कोसेली  पुर्‍याउने चलन कर्णाली क्षेत्रमा रहेको छ।

प्रकाशित: Jan 15, 2024| 16:08 सोमबार, माघ १, २०८०
प्रतिक्रिया दिनुहोस्