शनिबार, साउन ९, २०८३

हिंसाविरुद्ध माइती नेपालको अभियान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्विकार भन्ने यस वर्षको मूल नारा सहित २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्र्दभमा मङसीर १९ गतेका दिन माइती नेपालको आयोजनमा (गौशाला चोकमा) महानगरीय प्रहरी परीसर टेकु, काठमाडौका प्रमुख वरीष्ठ प्रहरी उपरिक्षक वसन्त कुमार लामाबाट सुचनामूलक पोष्टर अनावरण गरिएको छ।

कामनपा वडा नं ९ मा अवस्थित गेष्टहाउस, रेष्टुरेन्ट, दोहोरी साँझ, खाजाघर र डान्सबारहरुमा उक्त पोष्टर वितरण गरिने माइती नेपालले जनाएको छ ।महिला हिंसा विरुद्ध जनचेतना फैलाउन गोशाला चोक, रातोपुल, धोबीखोला किनारा, सेतोपुल, पुरानो बानेश्वर हुँदै पुन गोशाला चोकसम्म ¥याली समेत गरिएको थियो। 

कार्यक्रममा माइती नेपालका कार्यबाहक अध्यक्ष बिश्वराम खडकाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै माइती नेपालले मनोरन्जन क्षेत्रमा कार्यरत श्रमजीवि महिलालाई लामो समयदेखि नै सहयोग गर्दै आएको जानकारी दिए।


मनोरँजन क्षेत्रमा कार्यरत श्रमजीवि महिलाहरु पिडीत भएको घेरै घटनाहरुको स्मरण गदैै त्यस्ता प्रभावित – पिडीत महीलालाई माइती नेपालले उद्दार गरेको र कतिपय पिडीतहरु माइती नेपालको सँरक्षण गृहमा बस्दै विधालयमा अध्ययन गर्दै गरको जानकारी दिए।

स्थानीय सरकार, नेपाल प्रहरी, नागरीक समाजको सामूहिक सहभागीतामा आजको दिनदेखि शुरु भएको यो अभियान निरन्तर लागू हुने जानकारी समेत दिए। 

कार्यक्रममा विशेष अतिथी कामनपा वडा नं ९ का वडा अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले स्थानीय  सरकार गठन भइकेको र काम गर्न केही कठीनाई भएकोले गर्दा अब समिति समेत गठन भै सकेको हुँदा समिति मार्फत काम गर्न सहज हुने जानकारी दिए। 



प्रमुख अतिथी बसन्त कुमार लामाले मन्तव्यको क्रममा नेपाल प्रहरी समुदायसँग मिलेर काम गर्दै आएकोम अहिले सामुदायिक प्रहरीमार्फत नागरिकको घर दैलोमा पुगी सकेको जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।