शनिबार, साउन ९, २०८३

इपिएलमा लण्डनबाट चियर लिडर्स 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तेस्रो संस्करणको एभरेष्ट प्रिमियर (इपिएल) टी-२० लिगका लागि आयोजकले लण्डनबाट चियर लिडर्स ल्याईएको छ । मंसिर २२ गतेबाट सुरु हुने इपिएल टी-२० लिगका लागि बुधबार किंगफिसरले पत्रकार सम्मेलन गर्दै चियर लिडर्सलाई सार्वजनीक गरिएको हो ।

इपिएलकाका लागि लण्डनबाट ६ जना चियर लिडर ल्याएको छ । ६ जना मध्यबाट चियर लिडर्सलाई तीन तीन जनाको दुई सहमूह गरि होम एण्ड अवे टिमका लागि रहने छन् । 

घरेलु क्रिकेटको सर्वाधिक सफल प्रतियोगिता ईपीएलमा ६ चियर लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन् । प्रत्येक टिमका लागि तीन जना चियर्स लिडर्स रहनेछन् ।

मैदानमा रहने टिमले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । नेपालमा पहिलो पटक विदेशी चियर लिडर्सलाई प्रतियोगितामा सहभागिता गराएको हो । 

यी ६ लिडर्सले गत वर्ष आईपीएलको फेन्चाइज टोली साविक दिल्ली डियर डेभिल्स हाल दिल्ली क्यापिटल्स र केहि दिन अघि वेस्ट इन्डिजमा सम्पन्न महिला विश्वकपको उद्धघाटन खेलमा पनि मनोरञ्जन दिई सकेको ईपीएलका एमडी आमिर अख्तरले जानकारी दिए ।

यसले प्रतियोगिताको स्तर उकास्न समेत उल्लेख्य योगदान पुग्ने विश्वास किंगफिसरको छ । दर्शकलाई क्रिकेटसँगै मनोरञ्जन पनि दिने उद्देश्य आयोजकको हो । एभरेष्ट प्रिमियर लिगको यो संस्करणको पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियोट्सवीच खेल हुनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।