शनिबार, साउन ९, २०८३

‘२५ हजार कर्मचारी अभाव’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत–केन्द्र सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारलाई तत्काल २५ हजार कर्मचारी आवश्यक रहेको बताएका छन् । कर्णाली प्रदेश सरकारसँगको भेटघाटमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । 

प्रदेशमा कर्मचारी अभावको समस्या केन्द्र सरकारले बुझेको बताउँदै ज्ञवालीले प्रदेश लोक सेवा आयोग गठनपछि मात्रै  कर्मचारी समस्याको समाधान हुने बताए । 

‘सरकारलाई तत्कालका लागि २५ हजार बढी कर्मचारी आवश्यक छ ।’ मन्त्री ज्ञवालीले भने ‘तर प्रदेश लोक सेवा अयोग गठन नहुँदासम्म कर्मचारीको अभाव कायमै रहन्छ ।’ 

‘कर्मचारी समायोजन अध्यादेशले कर्मचारी व्यवस्थापनको केही समस्या हल हुन्छ ।’ मन्त्री ज्ञवालीले भने ‘तर प्रदेश लोकसेवा आयोग गठनपछि दिर्घकालीन रुपमा समस्या सामाधान हुनेछैन ।’

विद्यमान संरचनामा २५ हजार कर्मचारी अभाव रहेपनि १० हजार कर्मचारी अवकासका लागि ईच्छुक रहेको बताए । निर्वाचन अघि नै संरचना र कर्मचारीको व्यवस्थापन गर्न नसक्दा अहिलेको समस्या आएको बताउँदै उनले संविधानमा भएका अस्पष्टता हटाएपछि मात्रै प्रदेश लोकसेवा आयोग गठनको बाटो खोल्ने उल्लेख गरे । 

भेटघाटमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले संघीय सरकारको समन्वय विना प्रदेश सरकारले अगाडि बढ्न नसक्ने बताए । कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक छ ।’ शाहीले भने ‘अन्तर्राष्ट्रिय लगानीका लागि छलफल र समन्वय गर्ने अधिकारी केन्द्रले प्रदेश दिनुपर्‍यो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।