शनिबार, साउन ९, २०८३

बाढी र सितलहर पीडितका लागि सुरक्षित घर बनाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः प्रदेश १ का बाढी र सितलहरले आक्रान्त बस्तीमा सुरक्षित घरहरु निर्माण हुने भएका छन । सुनसरी र उदयपुरका बस्तिहरुमा यस्तो व्यवस्था गर्न लागिएको सरोकारवालाहरुले बताएका छन् ।

इटहरीमा बुधबार समापन भएको विपद् सचेतना तथा अभिमुखिकरण विषयक प्रदेशस्तरीय कार्यक्रममा सरोकारवाला नियकाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा १० बुँदे इटहरी प्रतिबद्धतापत्र तयार भएको छ । प्रतिबद्धतापत्रको सात नम्बर बुँदामा सुरक्षित घर निर्माण गर्ने उल्लेख गरिएको छ । 

यस्ता घर निर्माणमा सरकारी र गैर सरकारी संस्थाबाट आर्थिक सहयोग र समन्वय गर्ने उल्लेख गरिएको छ । 

प्रतिबद्धतामा भनिएको छ, ‘बर्षायाममा तराई/मधेश बाढीको चपेटामा परी डुवानमा पर्ने, हिँउदमा सितलहरले आक्रान्त हुने र सुख्खा याममा आगलागिको भयावह स्थिति झेल्नुपर्ने बिषयलाइ मध्यनजर गरी यस क्षेत्रमा सरकारका तीनै तहको श्रोत तथा राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संस्थाको सहयोग समेतमा न्युन लागतमा निर्माण हुने सुरक्षित घर योजना लागु गरी डुबान, सितलहर तथा आगालागीको समस्याबाट मुक्त गर्नेतर्फ कार्य गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

मंगरबार प्रदेश १ सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेको अन्तरक्रियाको समापनमा गोपादप्रसाद पराजुली थिए ।  सुनसरी र उदयपुरका स्थानीय सरकार तथा जिल्ला समन्वय समितिका प्रतिनिधिहरु लगायतका अन्य विज्ञहरु समेत सहभागी थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।