बुधबार, पुस २, २०८२

राहुघाट जलविद्युत् आयोजनाको 'डिसेन्डर' निर्माण सुरु

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ (बालुवा थिग्राउने पोखरी) निर्माण सुरु भएको छ। 

National life

राहुघाटको प्रवर्द्धक प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड हो। म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर बनाउन थालिएको हो।

झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात मिटर अग्लो र पाँच मिटर फराकिलो ‘अण्डर सुलुस’बाट खोला डाइभर्सन गरेर दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन थालिएको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिए। 

विसं २०७४ मङ्सिरमा रु छ अर्बमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोशियटले हालसम्म ६५ प्रतिशत काम गरेको प्रवर्द्धक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। आयोजनाको ५० प्रतिशत वित्तीय प्रगति भएको छ। 

सुरुङ ९० प्रतिशत र विद्युत्गृह निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ। छ किलोमिटर दुई सय मिटर सुरुङमध्ये पाँच किमी छ सय मिटर सुरुङ निर्माण सकिएको छ। सुरुङबाट आउने पानीलाई रघुगङ्गा–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई ‘फिनिसिङ’ गर्ने काम अन्तिम चरणमा पुगेको छ। 

Laxmi sunrise bank
kumari

पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण सकिएको छ। विद्युत्गृह निर्माणस्थलबाट ‘भर्टिकल प्रेसर साफ्ट’सँग जोड्ने तीन सय २९ मिटर ‘वटम प्रेसर साफ्ट’को सुरुङ यसअघि नै जोडिएको थियो। अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय ४१ मिटरमध्ये चार सय ५० मिटर सुरुङ निर्माण सकिएको छ। 

विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ।

प्रकाशित: Jan 12, 2024| 18:31 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्