बुधबार, पुस २, २०८२

१३ जना बालबालिकाको मुन्द्रा चोर्ने युवती पक्राउ

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

काठमाडौं- बालबालिकाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ गणेशटोलकी ३४ वर्षीय टीका श्रेष्ठ छिन्।

National life

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले बिहीबार पक्राउ गरेको हो। पक्राउ परेकी श्रेष्ठ विरुद्ध चोरी तथा डाँका सम्बन्धीको कसुरमा अनुसन्धान लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप समेत भइसकेको छ।

पुस २० गते दिउँसो साढे २ बजेतिर पोखरा–१२ शितलादेवी स्कुलमा पढ्ने ६ वर्षकी बालिकालाई ललाई-फकाई कानमा लगाएको सुनको मुन्द्रा चोरेर उनी फरार भएकी थिइन्। ती बालिकाको घरबाट भुड्कीको पैसा समेत चोरेर फरार भएकी उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

उनीबाट २ हजार २४० रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेकी श्रेष्ठले यसअघि पनि १२ जना बालबालिकाको मुन्द्रा चोरिसकेको पाइएको छ । चोरी कसुरमा उनी ९ महिना कैद भुक्तान गर्दै र २८ हजार रुपैयाँ जरिवाना तिरेर केही समय पहिला छुटेकी थिइन्।

प्रकाशित: Jan 12, 2024| 13:17 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्