बिहीबार, चैत २६, २०८२

कारको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

National life
kumari

काठमाडौं- चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बेलुका करिब साढे ८ बजे भरतपुर महानगरपालिका–७ स्थित क्यान्सर अस्पतालको १ नम्बर गेट नजिक सो दुर्घटना भएको हो।

टाइगरचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको बा प्र ०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बीएबी २८७५ नम्बरको कारले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–६, रामराज्यपुरका ३४ वर्षीय कुलप्रसाद सापकोटा घाइते भएका थिए। उपचारका निम्ति उनलाई भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएकोमा बेलुका पौने ९ बजे उनको मृत्यु भएको हो।

दुवै सवारीसाधन र कार चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ४९ वर्षीय मेघराज सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 12, 2024| 10:17 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्