शुक्रबार, साउन २, २०८२

यस्तो छ आज दिनभरको मौसम

 |  शुक्रबार, पुस २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

vianetvianet

काठमाडौं- नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: Jan 12, 2024| 07:55 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्