शनिबार, असार १३, २०८३

आज पृथ्वी जयन्ती, देशभर सार्वजिनक बिदा

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

काठमाडौं- पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिनेछ।

National life

सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मुलद्वारस्थित उनको  सालिकमा पुष्पहार अर्पण गरिँदैछ। पृथ्वी जयन्तीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेका थिए।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ।

विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए।

Shivam cement

उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने लगायत  दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशास प्रवर्द्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन्। भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेका थिए।

पछिल्ला वर्षमा उनको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ।

पृ्थ्वीनारायण शाहको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको थियो।

प्रकाशित: Jan 12, 2024| 07:44 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्