शनिबार, असार १३, २०८३

नक्कली नोटसहित बालाजुबाट एक जना पक्राउ

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०
National life
Shivam cement

काठमाडौं- नेपाल प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका-१६ बालाजु माछापोखरी चोकबाट एक हजार दरको पाँच थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-१० घर भएकी २५ वर्षीया मनीषा न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 11, 2024| 18:41 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्