शनिबार, साउन ९, २०८३

विद्यासुन्दरको योजना सुनेर गगन दंग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कमल पोखरी पुर्ननिर्माणको योजना सुनाएपछि सांसद गगन थापा दंग परेका छन् । 

शाक्यले कमलपोखरीका विषयमा सरोकार राख्ने निकायका व्यक्ति र जनप्रतिनिधिसँग छलफल गरेपछि थापाले ट्वीट गर्दै कमल पोखरीलाई सास्कृति सम्पदाका रुपमा विकास गर्ने संकल्पका साथ सहयात्राका लागि काठमाडौं महानगरपालिकाले काम थालेको भन्दै धन्यवाद पनि दिएका छन् । 

हेर्नुहोस थापाको ट्वीट :

लामो समय देखी हामीले कमलपाेखरीको संरक्षण र प्रवर्द्धन गर्दै अाएका थियौं।कमलपाेखरी लाई संस्कृतिक सम्पदाका रुपमा विकास गर्ने संकल्पका साथ सहयात्राका लागि काठमाडौं महानगरपालीका पनि अाएकाे छ। यस भुमिकाकाे लागि काठमाडौं महानगरका मेयर र काठमाडौं सहरी याेजना अायाेग प्रति विशेष धन्यवाद pic.twitter.com/x8iwkmSJB0

— Gagan Thapa (@thapagk) December 3, 2018

कार्यक्रममा सम्बोधन गर्दै थापाले आफू निर्वाचित भएको क्षेत्रमा महानगरपालिकाले राम्रो योजना ल्याएको भन्दै योजना सफल बनाउन आफू लागि पर्ने बताएका थिए । ‘नगर प्रमुखलाई सबै भन्दा पहिला धन्यवाद,’ थापाले कमल पोखरी निर्माणको ढाँचा हेरेपछि खुशी हुँदै भन्नुभयो, ‘निकै मेहनतका साथ काम गर्नुभएको रहेछ । मलाई एकदम मन पर्यो । हामी महानगरपालिकासँग मिलेर कामगर्न तयार छौँ । अर्को छठसम्ममा काम सम्पन्न गर्नेगरी योजनालाई अघि बढाऔँ ।’ 

सांसद थापाले कमल पोखरीको किनारामा रहेको प्रहरी कार्यालय स्थानान्तरण गर्न पहल गर्ने पनि प्रतिवद्धता जनाएका छन् । 

मेयर शाक्यले पनि अब महानगरपालिकाले खन्ने र पुर्ने काममा मात्र नभई पूर्वाधार विकास र निर्माणमा ध्यान दिने बताए । २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने उनले दाबी गरे ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।