शनिबार, असार १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नारायणगढ-बुटवल सडक स्तरोन्नति तीव्र बनाउने चिनियाँ राजदूतको प्रतिबद्धता

नारायणगढ-बुटवल सडक स्तरोन्नति तीव्र बनाउने चिनियाँ राजदूतको प्रतिबद्धता

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्‍नतिमा भइरहेको ढिलाइलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले चिनियाँ राजदूतसँग छलफल गरेको छ।

National life

रास्वपाका सभापति रवि लामिछानेले बिहीबार चिनियाँ राजदूत छन् सोङलाई पार्टी कार्यालयमा बोलाएर सडक स्तरोन्‍नतिमा भएको ढिलाइका कारण यात्रु र त्यस क्षेत्रका वासिन्दाले भोग्नुपरेका समस्याबारे अवगत गराएका हुन्।

नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्‍नति गर्ने ठेकेदार चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन हो। यो कम्पनीले ३ वर्षमा काम सक्ने गरी ४ वर्षअघि ठेक्का पाएकामा अहिलेसम्म ३५ प्रतिशत मात्र काम भएको छ।

चिनियाँ राजदूत सोङले आयोजना छिटो सम्पन्‍न गर्नका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छलफलमा सहभागी रास्वपाका नेताहरुले बताएका छन्। राजदूतसँगको छलफलमा रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगी पनि सहभागी थिए।

यो आयोजनाको कामलाई तीव्रता दिन दबाबस्वरुप रास्वपाले पुस ९ गतेदेखि ३ दिन नवलपरासीको गैंडाकोटबाट बुटवलसम्म पैदल यात्रा गरेको थियो। यात्रामा सभापति लामिछाने लगायत नेता सहभागी थिए।

Shivam cement

प्रकाशित: Jan 11, 2024| 14:15 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्