बिहीबार, भदौ १८, २०८३

बाँकेमा घूससहित असई पक्राउ

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

बाँकेको खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टीमले बाँकेको खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीलाई ८ हजार घुससहित पक्राउ गरेको हो।

भारतबाट ल्याएको मोटरसाइकल समेतको युरिया मल छुट्याइदिने भन्दै असइ भण्डारीले घुस लिएको अख्तियारले जनाएको छ।

 

प्रकाशित: Jan 11, 2024| 13:15 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्