NadaNada
आइतबार, भदौ १, २०८२

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

 |  बिहीबार, पुस २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

vianetvianet

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।

काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो।

सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ।

अदालतबाट दोषी ठहर भएपछि बागमती क्रिकेट संघले सन्दीप लामिछानेलाई यसअघि नै बाहिर राखेर टिमको घोषणा गरेको थियो।

Metro Mart

प्रकाशित: Jan 11, 2024| 11:07 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्