मंगलबार, पुस १, २०८२

पुल बनेपछि विकट गाउँ पालिकाको केन्द्रसँग जोडियो

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

ढोरपाटन- बागलुङको ढोरपाटन नगरपालिका–६ को दोगाडीघाटमा मोटर गुड्ने पुल निर्माण भएपछि स्थानीयवासीलाई यात्रा गर्न सहज भएको छ। पुल निर्माण नहुँदा पालिकाको केन्द्र बुर्तिबाङ बजारसम्म सिधा यात्रा गर्न वञ्चित रहेका गाडीखोला क्षेत्रका नागरिकलाई पुल बनेपछि सहज भएको हो। 

National life

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको रकमबाट पुल निर्माण भएको हो। पुल निर्माणका लागि विसं २०७७ असार १६ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पूर्वधार विकास कार्यालय बागलुङले निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। विसं २०७९ असार १० गते पहिलो पटक निर्धारित म्याद सकिएको थियो। 

म्याद थप भएकामा पनि काम नसकेपछि पुनः म्याद थप भएको थियो। निर्माण कम्पनीले विसं २०८० असार १० गतेसम्म सक्ने गरी म्याद थपे पनि गत मङ्सिरमा मात्रै निर्माण सम्पन्न भएको इञ्जिनियर प्रकाश श्रीसले जानकारी दिए। उनका अनुसार मङ्सिरमा पुल सम्पन्न भएपछि यही पुस पहिलो सातादेखि सञ्चालनमा आएको छ। पुल रू चार करोड ८२ लाखमा निर्माण भएको थियो।

पुल सञ्चालनमा आएपछि ढोरपाटन–६ को ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वारलगायत ढोरपाटन क्षेत्रका हजारौँ नागरिकलाई यात्रा गर्न सहज भएको वडाध्यक्ष उमेश बुढामगर बताए। सडक खुलेको वर्षौँ वितिसक्दा पनि स्थानीयवासीले सहज रुपमा यात्रा गर्न नपाएको भन्दै अब पहिलेको जस्तो समस्या भोग्न नपर्ने उनको भनाइ थियो।

सडक पनि कच्ची हुँदा बर्खाको चार महिना जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै बर्खाको समय गाउँमा कोही बिरामी परे अस्पताल पुर्याउन निकै समस्या भोगेको वडाध्यक्ष मगरले स्मरण गरे। “यो पुल नबन्दा यस क्षेत्रका नागरिकलाई आवागमनमा सास्ती हुने गरेको थियो। पालिकाको केन्द्रसम्म पुग्न निकै गाह्रो हुन्थ्यो। हिउँदमा जसोतसो खोला तरे पनि बर्खामा बाढीको समस्या थियो”, उनले भने, “अहिले पुल बनेसँगै गाउँगाउँमा मोटरबाटो पुगेको छ। यात्रा गर्न र सामान ढुवानीमा सहज हुन थालेको छ। वर्षौँदेखि भारी भोक्ने जनता अब गाडीमा चढेर गाउँ–बजार गर्छन्।” 

Laxmi sunrise bank
kumari

बजार बुर्तिबाङ पालिकाको केन्द्र हो। बजारदेखि गाउँमा पुग्न दुई वर्ष अगाडिसम्म दुई वटा पुल तर्नु पथ्र्यो। बुर्तिबाङको लक्ष्मीकुण्ड घाटमा पुल बनेपछि अहिले दोगाडीसम्म समस्या छैन। यसअघि दोगाडीसम्म गाडीमा पुगेपछि अर्को फेर्नुपर्ने  समस्या थियो।

प्रकाशित: Jan 11, 2024| 07:42 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्