मंगलबार, पुस १, २०८२

ई-रिक्सामा नेपालगञ्ज उपमहानगरले लगायो डोजर

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

बाँके- नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रुपमा सञ्चालित ई–रिक्सा नष्ट गर्न थालेको छ। लामो समयदेखि ई–रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई–रिक्सा नष्ट गर्न थालेको हो।

National life

गत मङ्सिर १९ गतेदेखि अवैध रुपमा सञ्चालित ई–रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले मङ्गलवार पाँच ई–रिक्सा नष्ट गरेको छ। आवश्यक कागजात नभएका ती ई–रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो।

यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले ई–रिक्सा धनी तथा चालककै रहोवरमा कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले/नमिलेको वा भए/नभएको प्राविधिक जाँच गर्नुभएको थियो। उपमहानगरपालिकाले ई–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पुर्‍याउन आग्रह गरेको थियो। नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर ई–रिक्साका कागजपत्र अद्यावधिक गर्न समय दिइएको थियो।

नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध रुपमा सञ्चालित ई–रिक्सा पूर्णरूपमा सञ्चालनमा प्रतिबन्ध लगाउने अभियानमा उपमहानगरपालिका दृढ भएर लागेको बताए।

‘हामीले पटक–पटक भनेको हौँ, अद्यावधिक गर्न समय पनि दिएका थियौँ, नियन्त्रणमा लिइएका धेरै ई–रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छाडेका छौँ, अवैध सञ्चालित ई–रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौँ’, नगर प्रमुख विष्टले भने, ‘अब हामी निरन्तर अगाडी बढ्छौँ, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन।’

Laxmi sunrise bank
kumari

उपमहानगरपालिकाले हालसम्म छ सय २३ ई–रिक्सा नियन्त्रण लिएको छ। तीमध्ये आवश्यक कागजात र प्रक्रिया पुर्या‍एपछि पाँच सय ३८ ई–रिक्सा फिर्ता भएका छन्। अझै पनि ८५ ई–रिक्सा नियन्त्रणमै छन्। ती ई–रिक्सामाथि पनि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताए।

प्रकाशित: Jan 11, 2024| 07:22 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्