शुक्रबार, साउन २, २०८२

पूर्व डीआईजी तथा साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय

 |  बुधबार, पुस २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

vianetvianet

काठमाडौं- भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय भएको छ।

विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो। यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए।

शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ। १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो।

प्रकाशित: Jan 10, 2024| 18:57 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्