शनिबार, असार १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०
National life
Shivam cement

काठमाडौं- अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बुढानीलकण्ठ बस्ने ३४ वर्षीय बेन्जु महत रहेकी छन्।

महतले अमर बहादुर पुनलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि ५० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ४ लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली उनलाई मंगलबार बुढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 10, 2024| 18:38 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्