सोमबार, मंसिर १, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेपाल क्लिक्सका प्रधानसम्पादक नारायण अमृतलाई मातृशोक

नेपाल क्लिक्सका प्रधानसम्पादक नारायण अमृतलाई मातृशोक

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल क्लिक्स डटकमका प्रधानसम्पादक नारायण अमृतलाई मातृशोक परेको छ। प्रधानसम्पादक अमृतकी ९२ वर्षीया आमा लक्ष्मी तिवारीको बुधबार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो।

दिवंगत तिवारीको अन्त्येष्टि बिहीबार पर्वतको मोदीवेणीमा हुने भएको छ। अमृत हाल होमपेज मिडिया प्रालिका अध्यक्षसमेत छन्। दुई दशकभन्दा बढी समयदेखि मूलधारको पत्रकारितामा सक्रिय अमृतले नेपाल खबर डटकम, नेपाल लाइभ डटकम, नेपाल समय डटकममा प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका थिए।
 

प्रकाशित: Jan 10, 2024| 17:47 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्