काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युगाण्डा भ्रमण गर्ने भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो।
प्रधानमन्त्री दाहालले युगाण्डाको राजधानी कम्पालामा माघ ५ र ६ मा आयोजना हुने असंलग्न आन्दोलनका राष्ट्रहरुको १९औं सम्मेलनमा भाग लिनेछन्।
त्यसअघि माघ ३ र ४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र १ र २ मा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जानेछ।