बिहीबार, साउन १, २०८२

तनहुँमा जिप दुर्घटना, दुई जनाको मृत्यु

 |  बुधबार, पुस २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

vianetvianet

काठमाडौं- तनहुँको भिमादमा जिप दुर्घटना हुदाँ दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ।

चालकसहित १० जना यात्रु घाइते भएका छन् र घाइतेमध्ये ९ जना सिकिस्त छन्। घाइतेहरूको जिपि कोइराला स्वासप्रश्वास अस्पताल पोखरामा उपचार भइरहेको छ।

प्रहरीका अनुसार पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप बरालथुम्कीमा आज बिहान दुर्घटना भएको हो। जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ।

प्रकाशित: Jan 10, 2024| 11:42 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्