मंगलबार, पुस १, २०८२

रामबहादुर बम्जनलाई सार्वजनिक गरेर सर्लाही लगिने

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

काठमाडौं- तपस्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला चलाउँदै आएका रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज दिउँसो सार्वजनिक गर्ने भएको छ। सीआईबीले यसका लागि १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ।

National life

त्यसपछि उनलाई आजै सर्लाही पठाउने प्रहरीको तयारी छ। बम्जनलाई प्रहरीले मंगलबार बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। उनीविरूद्ध सर्लाहीमा मुद्दा दर्ता भएकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउन लागिएको हो। सर्लाहीकी रिता बोटेलाई बेपत्ता पारेको आरोप बम्जनमाथि छ।

सीआईबीको टोलीले उनको घरबाट ३ करोड ३ लाख नगद, १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद गरेको छ। उनीविरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेलालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन्।

 

प्रकाशित: Jan 10, 2024| 11:28 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्