शनिबार, असार १३, २०८३

चितवनको मध्यवर्ती क्षेत्रमा भेटिए १४ पाटेबाघ

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०
National life
Shivam cement

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन्। निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो।

सो मार्गलाई ६२ ‘ग्रिड’मा विभाजन गरी बाघको अनुगमन गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार ६२ जोडी ‘क्यामेरा’ दुई–दुई वर्ग किलोमिटरको क्षेत्रफलमा जडान गरिएको थियो।

सो क्षेत्रमा सन् २०१८ मा गरिएको सर्वेक्षणमा तीन र सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा आठ बाघ फेला परेका थिए। संरक्षणमा स्थानीय समुदायको सहभागिता र कार्यालयको अथक प्रयासपछि बाघको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको सूचना अधिकारी तिवारीले बताए।
 

प्रकाशित: Jan 10, 2024| 08:36 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्