सोमबार, मंसिर २९, २०८२

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ 

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्बिया पठाइदिन्छु भन्दै रु १३ लाख ५० हजार ठगी गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिका–१ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षीय विकाशकुमार घले र काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल शम्भूमार्ग बस्ने टोकियो ओभरसिसका कर्मचारी ३९ वर्षीय सञ्जय लामालाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।  

प्रहरीले घलेलाई महाबौद्धबाट सोमबार दिउँसो र लामालाई सिनामङ्गलबाट आइतबार दिउँसो पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।  

यसैगरी मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहटको बुद्धावन नगरपालिका–४ घर भई काठमाडौँ–३१ शान्तिनगर बस्ने ३२ वर्षीय विन्दालाल साह कानुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। साहले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सिनामङ्गलबाट पक्राउ गरेको जनाइएको छ। 

प्रकाशित: Jan 09, 2024| 18:45 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्