शनिबार, असार १३, २०८३

दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्ध

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

काठमाडौं- दक्षिण कोरिया सरकारले कुकुरको मासुमा प्रतिबन्ध लगाउन नयाँ कानुन बनाएको छ।  त्यसका लागि कोरिया सरकारले नयाँ कानुन पास गरेको छ। अब दक्षिण कोरियाले आगामी सन् २०२७ सम्म मासुका लागि कुकुरको ज्यान लिन र मासु बेच्‍न प्रतिबन्ध लगाउने योजना बनाएको छ।

National life

यस कानुनको उद्देश्य दक्षिण कोरियामा कुकुरको मासु खाने एक शताब्दी लामो परम्परालाई अन्त्य गर्नु रहेको छ। विगतका केही दशकमा दक्षिण कोरियामा कुकुरको मासु खानेको संख्या घट्दै गएको छ। यसरी कुकुरको मासु मन नपराउनेमध्ये धेरैजसो युवा जमात छन्।

नयाँ कानुन अनुसार अब कुकुरलाई मासुका लागि पाल्न र मार्न पाइने छैन। यसका साथै कुकुरको मासु बेच्न र वितरण गर्न पनि निषेध गरिनेछ। जसले यस नयाँ कानुनको उल्लघंन गर्छ उसलाई जेलसमेत पठाउने तयारी कोरिया सरकारको छ। 

मासुका लागि कुकुर मार्नेहरूलाई तीन सालसम्मको जेल सजाय तोकिने भएको छ। जसले मासुका लागि कुकुर पाल्छन्, उनीहरूलाई अधिकतम २ वर्षसम्म जेल सजाय हुनेछ। तर पनि कुकुरको मासु दक्षिण कोरियामा गैरकानुनी हुने छैन। 

यस नयाँ कानुनलाई लागु गर्न अझै तीन साल लाग्नेछ। सरकारले कुकुर पालक किसान र रेस्टुरेन्ट मालिकहरूलाई अन्य विकल्प खोज्ने समय दिन कानुन ढिला गरी लागु गर्ने तयारी गरेको हो। 

Shivam cement

अब कुकुरको मासु बेचेर जीवन धानिरहेकाहरूले वैकल्पिक काम थाल्न स्थानीय प्राधिकरणलाई बताउनु पर्ने भएको छ। त्यसपछि सरकारले उनीहरूका लागि वैकल्पिक व्यवसायको पूर्वाधार तय गरिदिने भएको छ।

सरकारी तथ्यांकअनुसार सन् २०२३ मा दक्षिण कोरियामा १ हजार ६०० कुकुरको मासुका रेस्टुरेन्ट र १ हजार १५० कुकुर फार्म सञ्चालनमा थिए। 

प्रकाशित: Jan 09, 2024| 17:40 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्