सोमबार, मंसिर २९, २०८२

बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ। बर्खामा नदीमा बाढीको सतह बढेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित आयोजनाको काम रोकिएको थियो। हिउँद लागेसँगै पानीको सतह घटेपछि रोकिएको बस्ती संरक्षणको काम सुरु भएको हो।

National life

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा ५० करोड रुपैयाँको लागतमा योजना सञ्चालन गरेको छ। बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माणले तीव्रता पाएको परियोजनाका इञ्जीनीयर कृष्ण विश्वकर्माले बताए।

‘गलेश्वर, राममन्दिर र बगरफाँटको योजना सम्पन्न हुुने चरणमा छन्,’ उनले भने, ‘बेनी नगरपालिका–२ भस बसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ।’ रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ। सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजित पर्खाल निर्माण भएको थियो।

मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन रु पाँच करोड ७७ लाखमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ। बेनी नगरपालिका–२ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजित पर्खाल बनाउन रु दुई करोड ३० लाखमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले निर्माण सकेको छ।

बेनी–९ स्थित राहुघाट नदी किनारमा रु ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटिले रु दुई करोड ६८ लाखमा ठेक्का लिएको योजना अन्तिम चरणमा छ। जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन रु तीन करोड २० लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले निर्माण सम्पन्न गर्ने चरणमा छ। कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला गाउँपालिका–२ को राममन्दिरमा पक्की पर्खाल बनाउन रु चार करोड ३२ लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले कम्पोजित पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ।

Laxmi sunrise bank
kumari

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा नदी नियन्त्रणका लागि ८४ मिटर लामो र आठ मिटर अग्लो कम्पोजित पर्खाल निर्माण सुुरु भएको छ। गत असारमा रु तीन करोड पचास लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले कालीगण्डकीलाई डाईभर्सन गरेर पर्खाल बनाउन जग खन्ने काम सुुरु गरेको छ। निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले आगामी असारभित्र पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताए।

निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाईभर्सन गरेर अस्थायी रुपमा म्याग्दीको बेनीतर्फबाट बगाइएको जिसीले बताए। नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि करिब तीन सय परिवारको बसोबास रहेको वारीबेनी बजारका बासिन्दा कालीगण्डकीको कटानबाट जोगिने छन्।

प्रकाशित: Jan 09, 2024| 19:21 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्