शनिबार, असार १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा दोलखाकी एक युवती पक्राउ

पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा दोलखाकी एक युवती पक्राउ

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

काठमाडौं- वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्।

National life

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका ५ घर भई हाल काठमाडौं तार्केश्वर–८ जरंखु बस्ने वर्ष ३० की पूजा श्रेष्ठ रहेकी छन्।

पूजाले कला पुनलाई वैदेशिक रोजगारीको लागि पोल्यान्ड पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्छ, पोल्यान्ड पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन्।

पीडितबाट पटकपटक गरी जम्मा २ लाख १५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेकी पूजा श्रेष्ठमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Jan 09, 2024| 18:02 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्