सोमबार, मंसिर २९, २०८२

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०० नाग्यो

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

टोकियो- जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मंगलबारसम्म २०० नाघेको तथा  १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। 

National life

उनीहरूका अनुसार, नयाँ बर्षको पूर्व सन्ध्यामा आएको ७।५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापु स्थि नोटो प्रायद्वीपमा आगलागी हुँदा  भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए। 

भूकम्प गएको आठ दिन सम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बावझुत भग्नावशेष हटाउन र फसेका ३५ सय मानिसहरूसामु पुग्ने प्रयास गरिरहेका छन्। इशिकावा क्षेत्रीय अधिकारीहरूले मङ्गलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०२ जना बेपत्ता रहेको बताइएको छ।

अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर तीन सय २३ पुगेको थियो । जसमा धेरै जसो अति प्रभावित क्षेत्र वाजिमाका मानिसहरू  रहेको बुझिएको छ।

प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भईरहेको छ। सोमबारसम्म झन्डै ३० हजार मानिसहरू ४०० वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन्। उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ। 

Laxmi sunrise bank
kumari

झण्डै ६० हजार घरधुरी खानेपानीविहीन छन् भने १५ हजार छ सय घरधुरी बिजुलीविहीन भएका छन्। दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ। मङ्गलबारको दैनिक विपद्–राहत सरकारी बैठकमा, प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न  र प्रभावकारी उद्धार कार्य जारी राख्‍न निर्देशन दिएका छन्। 

जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ।  यद्यपि चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण त्यतिठूलो क्षति  भने भएको थिएन। पुराना संरचनाहरू भएका विशेष गरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ।  सन् २०११ को भूकम्पले सुनामी निम्त्याउदा करिब १८ हजार ५०० मानिसको मृत्यु  भएको थियो।

प्रकाशित: Jan 09, 2024| 18:30 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्