शनिबार, साउन ९, २०८३

भारतीय क्रिकेटर गौतम गम्भीरले लिए सन्यास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेट खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक संजालमा मंगलबार एक भिडियो पोष्ट गर्दै गम्भीरले अन्तर्राष्ट्रिय सबै स्तरका साथै घरेलु लिग र आईपीएलबाट पनि सन्न्यास लिएको बताएका छन् । 

३७ बर्षिय गम्भीरले फेसबुकबाट सन्यास घोषणा गर्दै भने, ‘मैले  मेरो राष्ट्रको लागि १५ बर्षभन्दा बढी क्रिकेट खेलेको छु ।’ उनले थपे, ‘म यस सुन्दर खेलबाट सन्यास लिन चाहन्छु ।’ पुर्व ओपनर ब्याट्सम्यान गम्भीर विश्वकप विजेता खेलाडी हुन् । 

सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका गम्भीरले भारतका लागि ५८ टेष्ट, १४७ एकदिवसीय र ३७ टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए  । गम्भीरले भारतबाट अन्तिम पटक सन् २०१६ मा इंग्ल्यान्डविरुद्धको टेष्ट खेलेका थिए । 

गम्भीरले आगामी डिसेम्बर ६ मा हुने रणजी ट्रफी खेल्दै खेल जीवनलाई बिट मार्ने छन् । पुर्व ओपनर गम्भीरले सन् २००७ मा टी(२० र २०११ मा भारतलाई वान डे विश्वकप जिताउन उत्कृष्ट प्रर्दशन गरेका थिए । 

गम्भीरले सन् २००४ मा अस्ट्रेलियाविरुद्द र २००३ मा बंगलादेशविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका थिए । गम्भीरले ५८ टेस्ट, १ सय ४७ वान डे,३७ टी-२०, १ सय ९७ प्रथम श्रेणी र २ सय ९९ लिष्ट ए खेल खेलेका छन् । 

टेस्टमा गम्भीरले कुल ४१५४ कुल रन बनाउदा ९ शतक र २२ अर्ध शतक प्रहार गरेका छन् । वेस्ट स्कोर २ सय ६ रहेको छ । वान डे मा ११ शतक र ३४ अर्ध शतक प्रहार गर्दै कुल ५२३८ रन बनाएका छन् । त्यस्तै टी-२० क्रिकेटमा कुल ९ सय ३२ रन बनाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।