काठमाडौं- कतारले हमास इजरायल युद्धमा वेपत्ता पारिएका कञ्चनपुरमा विपिन जोशीको राहाईका लागि दोस्रो युद्धविरामका बेलामा ठोस पहल लिने आश्वासन दिएको छ। परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुर पुगेर यस विषयमा जानकारी दिएका हुन्।
‘विपिन जोशीको रिहाईका लागि निरन्तर कतार सरकारसँग कुरा भइरहेको छ’, मन्त्री साउदले भने, ‘दोस्रो युद्धविरामका लागि गृहकार्य भइरहेको छ। दोस्रो युद्धविराममा विपिनको राहाईका लागि ठोस् पहल गर्ने आश्वासन कतार सरकारले दिएको छ।’
यसअघि मंसिर पहिलो सातादेखि चार दिनसम्म चलेको युद्ध विरामका क्रममा विपिनको रिहाईको अपेक्षा गरिएको थियो।
हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो। तर त्योभन्दा बढी संख्यामा रिहाई गरे पनि विपिन रिहाई भएका थिएनन्।