शनिबार, साउन ९, २०८३

मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
घोराही- दाङको लमहीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

वेलाबाट गढवातर्फ आउँदै गरेको रा ३ प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । 

चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मंगलबार राति नै मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।