सोमबार, मंसिर २९, २०८२

साढे पाँच लाखका मोबाइल र घडी चोर्ने पक्राउ

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलास्थित एक्टिभ मोबाइल पसलबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सप्तरी कटौना गाउँपालिका-९ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त पसलबाट मंसिर १४ गते राति विभिन्न कम्पनिका २७ थान मोबाइल सेट तथा घडीहरू समेत गरी करिब ५ लाख ५२ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मण्डललाई काठमाडौं पेप्सिकोलाबाट चोरी गरेका १४ थान मोबाइलसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Jan 09, 2024| 13:48 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्