शुक्रबार, साउन २, २०८२

माल्टा पठाइदिने प्रलोभनमा मेनपावरबाटै ठगी

 |  मंगलबार, पुस २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

vianetvianet

काठमाडौं- माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने क्यापिटल मेनपावरको सञ्चालक ४४ वर्षीय टंक प्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका-४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन्।

वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक ८० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टंक प्रसादले १ जना पीडितबाट ३ लाख रूपैयाँ र विक्रमले १ जनालाई मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ९० हजार रूपैयाँ ठगी गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टंक प्रसादलाई काठमाडौं बसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

 

प्रकाशित: Jan 09, 2024| 13:36 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्