शुक्रबार, साउन २, २०८२

पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख ठग्ने समातिए ‍‍‍‍‍‍‍‍‍‍‍

 |  मंगलबार, पुस २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

vianetvianet

काठमाडौं- पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४७ वर्षीया शिवा न्यौपानेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

न्यौपानेले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-२ बाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

 

प्रकाशित: Jan 09, 2024| 13:18 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्