बिहीबार, भदौ १८, २०८३

घरायसी विवादमा छोराको हत्या

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

ईलाम- आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा माई नगरपालिका-६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Jan 09, 2024| 13:09 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्