शुक्रबार, साउन २, २०८२

पशुपति परिसरमा स्तनपान कक्ष

 |  मंगलबार, पुस २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

vianetvianet

काठमाडौं- पशुपतिनाथ परिसरमा स्तनपान कक्ष निर्माण गरिएको छ। पशुपति क्षेत्र विकास कोषले मन्दिरमा दर्शन गर्न आउने भक्तजन आमाहरूलाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले स्तनपानकक्ष निर्माण गरेको हो।

मन्दिरको मूलद्वारको देब्रेतर्फ रहेको सत्तललाई मर्मत गरी स्तनपान कक्ष बनाइएको कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिए। उनका अनुसार औसतमा दैनिक ३० हजार जनासम्म भक्तजनहरू पशुपतिमा दर्शन गर्न पुग्न गर्छन्। उनीहरूमध्ये स्तनपान गराउने उमेर समूहका बालबालिकासहित दर्शनमा पुगेका महिलाहरूले मन्दिर परिसरको बाहिर नै बसेर स्तनपान गराउँदै आएका थिए।

उनीहरूलाई सहज होस् भनी आफूहरूले दुई वटा सोफा, लिटो खुवाउन आवश्यक तातोपानीसहित स्तनपान कक्षको व्यवस्था गरिएको छ। स्तनपान कक्षमा आमा र बालबालिका बाहेक पुरुष व्यक्ति छिर्न नमिल्ने नियम बनाइएको छ। बालबालिकाको डाइपर फेर्न मिल्नेगरी डस्टविन तथा लिटो खुवाउन चिसो तातो पानीको पनि व्यवस्था गरिएको छ।
 

प्रकाशित: Jan 09, 2024| 09:19 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्