शनिबार, असार १३, २०८३

४७ किलो चाँदीसहित तीनजना समातिए

 |  सोमबार, पुस २३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०
National life
Shivam cement

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले राजस्व छली गरेर ल्याएको चाँदी बरामद गरेको जानकारी दिएको छ। भोटेबहाल, कोटेश्वर लगायतका ठाउँहरुबाट चाँदीका विभिन्न गरगहनाहरू समेत बरामद गरेको हो।

राजस्व छलीमा संलग्न रहेको आरोपमा बारा कलैयाका कामेश्वर शाह, पर्साका मनिस सरार्फ र  सुमनकुमार सरार्फलाई नियन्त्रणमा लिएको हो। बरामद सामान सहित प्रहरीले उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन बुझाएको छ।
 

प्रकाशित: Jan 08, 2024| 20:52 सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्