शुक्रबार, मंसिर १२, २०८२

पोखरा उपत्यकामा पुस २५ र २६ गते जलपन्छी गणना

 |  सोमबार, पुस २३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०

गण्डकी- पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ। समसार, तालतलैया, नदीनालामा आश्रित जलपन्छीको अवस्था, हिउँदे आगन्तुक जलपन्छीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले पन्छी गणना गरिने भएको हो।

National life

पानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपन्छीको सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्ता लगाइ स्थानीय समुदाय र सरोकारवाला निकायको सहभागितामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जलपन्छी गणना गर्न लागिएको पोखरा उपत्यका क्षेत्रीय संयोजक एवं पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए। उनका अनुसार नेपालमा सन् १९८७ देखि जलपन्छी गणना सुरु गरिएको हो। 

सन् २००४ देखि पोखरा उपत्यकामा टाइगर माउन्टेन पोखरा लजको अगुवाइमा जलपन्छी गणना गरिँदै आइएकामा सन् २००७ देखि पथप्रदर्शकको सहभागितामा नेपाल पन्छी संरक्षण सङ्घअन्तर्गत वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका विद्यार्थी र सन् २०१५ देखि पोखरा पन्छी समाजको प्रत्यक्ष संलग्नता गणना थालिएको घिमिरेले बताए।

उपत्यकाले जलपन्छी गणनाको २०औँ वर्षमा प्रवेश गरेको भन्दै पछिल्लो समय जलपन्छीको सङ्ख्या तथा प्रजातिमा धेरै हेरफेर रहेको लजका नेचुरलिस्ट झलक चौधरीले बताए। उनका अनुसार विश्वमै दुर्लभ रहेका ४२ प्रजातिका पन्छीमध्ये १३ जलपन्छी रहेका छन्। 

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दा बढी स्थानमा जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलपन्छीको गणना गरिने एशियन वाटरफल सेन्ससका नेपाल प्रतिनिधि डा हेमसागर बरालले जानकारी दिए।

Laxmi sunrise bank
kumari

पोखरा उपत्यकामा गरिने गणना पुस २५ गते कमलपोखरी, विजयपुर खोला, गुँदे, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, बेगनाश र रुपाताल गरिने र २६ गते फेवाताल र सिमसार क्षेत्रमा गरिने समाजका अध्यक्ष घिमिरेले बताए। 

प्रकाशित: Jan 08, 2024| 22:02 सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्