एजेन्सी- मंगलबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायम राखेको छ । अवे मैदानमा भएको खेलमा सिटीले वाट्फोर्डलाई २-१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेका हो ।
सिटीको जितका लागि लोरी साने र रियाद महरेजले एक एक गोल गरे । वाट्फोर्डका अब्डौलाए डोउकोरेले एक गोल फर्काए थिए । खेलमा सुरुवाती अग्रता सिटीले लिएको थियो । पहिलो हाफ सकिन पाँच मिनेट बाँकी हुदा सिटीले अग्रता लिएको थियो । सिटीलाई अग्रता दिलाउन ४० औं मिनेटमा सानेको गोल गोल गरेका थिए ।
पहिलो हाफमा १-० को अग्रता बनाएको सिटीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै अग्रता दोब्बर बनायो । खेलको ५१ औं मिनेटमा महरेजले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए ।
८५ औं मिनेटमा वाट्फोर्डका डोउकोरेले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् । जितसँगै लिगमा सिटीले दोस्रो स्थानको लिभरपुलविरुद्ध पाँच अंकको अग्रता कायम राखेको छ ।
सिटीले १५ खेलबाट ४१ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको ३६ अंक छ । वाट्फोर्ड २० अंक जोडेर ११ औं स्थानमा छ ।
लिग अन्तर्गत नै मंगलबार राति भएको अन्य खेल
ब्राइटनले क्रिष्टल प्यालेसलाई ३-१
बर्नेमाउथले हडर्स्फिल्डलाई २-१
वेष्ट ह्यामले कार्डिफ सिटीलाई ३-१
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४