मंगलबार, पुस १, २०८२

बोराभित्र फेला परेका दुई शवको डेढ महिनापछि पहिचान

 |  सोमबार, पुस २३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २३, २०८०

National life
Laxmi sunrise bank
kumari

चितवनको भरतपुर महानगरपालिका-१२ मिलन चोकस्थित पूर्व-पश्चिम राजमार्गको कल्भर्टमुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका दुई मृतकको पहिचान खुलेको छ। घटनाको ४६ दिनपछि शवको पहिचान भएको हो।

उनीहरु भारत भई भरतपुरमा व्यापार गरी बस्दै आएका दम्पती रहेको खुलेको छ। उनीहरुको हत्या भएको र हत्यारा पनि भारतीय नै रहेको प्रहरीले बताएको छ।

बोराभित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव फेला परेको थियो। घटनापछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो। प्रहरीले शव पहिचानका लागि दुई पटक स्केच सार्वजनिक गरेको थियो।

प्रकाशित: Jan 08, 2024| 12:12 सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्