बुधबार, पुस २, २०८२

अवैध घरटहरामा बुटवल उपमहानगरको डोजर​

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

National life
Laxmi sunrise bank
kumari

बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचनाहरू हटाउन शुरू गरेको छ। सरकारी जग्गा मिचेर बनाइएका ठाउँ खाली गरेर विश्राम स्थल, पार्क र चौतारी निर्माण गर्ने उद्देश्यले घरटहरा हटाउने अभियान थालिएको हो।​​​ ​

अभियानअन्तर्गत आइतबार उपमहानगरपालिका वडा नं. ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगन्ज रोडको एउटा टहरा भत्काइएको छ। सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटक पटक पत्राचार गरे पनि नहटाएपछि नेपाल प्रहरी, नगर प्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाइएको हो।
 

प्रकाशित: Jan 07, 2024| 19:09 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्