बिहीबार, पुस ३, २०८२

सर्लाहीको बरहथवामा फेरि कर्फ्यु

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

काठमाडौं- सर्लाहीको बरहथवामा पुनः कर्फ्यु आदेश जारी गरिएको छ। आज आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो।

National life

बरहथवा नगर क्षेत्र (उत्तर सोती/चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको छ।

शुक्रबार प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि बरहथवा अशान्त छ। यसअघि शुक्रबार घटनापछि शनिबार बिहानसम्म कर्फ्यु लगाइएको थियो भने त्यसपछि निषेधाज्ञा जारी गरिएको थियो।

प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अहिलेसम्म उठाइएको छैन। आज बिहान साहका परिवार तथा आफन्तले बजार र यातायात बन्द गराएका थिए। प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने-नगर्ने विषयमा विवाद चर्केपछि ५ दलले आह्वान गरेको आन्दोलन उग्र बनेपछि शुक्रबार प्रहरीले गोली चलाएको थियो।

गोली लागेर सर्लाही होटलका सञ्चालक साहको मृत्यु भएको हो। पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन्।

Laxmi sunrise bank
kumari

शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा मृतक परिवारलाई बोलाएर प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सहमतिको प्रयास गरे पनि माग सम्बोधन नगरेसम्म सहमति नगर्ने अडान पीडित परिवारले राखेपछि सहमति हुन सकेन।

यता गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

प्रकाशित: Jan 07, 2024| 13:18 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्