बिहीबार, पुस ३, २०८२

भूकम्पको पाँच दिनपछि ९१ वर्षीया वृद्धाको सकुशल उद्धार

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

काठमाडौं- मध्य जापानमा गएको भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९१ वर्षीया एक वृद्धाको  उद्धार गरिएको छ।

National life

सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिबार उद्धार गरिएको हो। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। अस्पताल लानुअघि उनले प्रश्नको स्पष्ट जवाफ दिइरहेको जापानको सरकारी प्रसारक एनएचकेले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको फुटेजमा उद्धारकर्ताहरूले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिइकन त्यहीँ पर्खनुहोस् भनेको सुन्न सकिन्छ।  टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीहरूले एक वृद्धाको उद्धार गरेको पुष्टि गरेका छन्।

जापानमा जनवरी १ मा गएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिका पराकम्पनमा परी कम्तीमा १२६ जनाको मृत्यु भएको र अन्य २२२ जना हराइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन्। भूकम्पको झट्का र त्यसपछिका पराकम्पनले भवनहरू भत्किएका थिए। साथै ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए।

अहिले पनि हजारौं प्रहरी, सेना र अन्य उद्धारकर्मीहरूको उद्धार अभियान जारी राखेका छन्। प्रधानमन्त्री फुमियो किशिदाले आइतबार एनएचकेलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘पहिलो प्राथमिकता भग्नावशेषमा रहेका मानिसहरूको उद्धार गर्नु र एकान्तमा रहेका समुदायहरूमा पुग्नु हो।’ सेनाले प्रत्येक पृथक समुदायमा सैनिकका स–साना समूहलाई पैदल नै प्रभावित क्षेत्रमा पठाएको उनले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 07, 2024| 13:08 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्